दफा २४
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित: काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) विश्वविद्यालयको प्राज्ञिक मामिलाको समन्वय गर्ने,
(ख) शिक्षण, प्रशिक्षण र अनुसन्धानको स्तर कायम राख्ने,
(ग) विश्वविद्यालयको अनुसन्धान कार्यमा नेतृत्व र समन्वय गर्ने,
(घ) शैक्षिक कार्यक्रमको तयारी र कार्यान्वयनका सम्बन्धमा रेखदेख, अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने,
(ङ) अध्यापक तथा कर्मचारीको वृत्ति विकास र शैक्षिक आदानप्रदान कार्यक्रम “सम्बन्धी कार्य गर्ने,
(च) पदक तथा छात्रवृत्ति प्रदान सम्बन्धी कार्य गर्ने,
(छ) पाठ्यक्रम, पाठ्यपुस्तक, पुस्तकालय, परीक्षा सम्बन्धी नीति, योजना र कार्यक्रमको निर्धारण, समन्वय तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
(ज) शैक्षिक बिषयमा- राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय कायम गर्ने,
(झ) शैक्षिक प्रणालीको नियमन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ज) विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप, खेलकुद, सामाजिक सेवा सम्बन्धी कार्यक्रमको नीति निर्धारण तथा समन्वय र मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
(ट) मातहतका पदाधिकारी र शैक्षिक विभाग तथा शिक्षण संस्थाहरूको रेखदेख, नियन्त्रण, मूल्याङ्कन र समन्वय सम्बन्धी कार्य गर्ने,
(ठ) प्राज्ञिक र शैक्षिक गुणस्तर निर्धारण गर्न निर्देशन दिने,
(ड) शैक्षिक मामिलामा उपकुलपतिलाई राय/सुझाव तथा परामर्श दिने,
(ढ) अध्यापक तथा विश्वविद्यालयको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने,
(ण) विश्वविद्यालयको कोष सञ्चालन, लेखा र लेखापरीक्षण गर्ने वा गराउने,
(त) विश्वविद्यालयका लागि आर्थिक: स्रोत जुटाउने सम्बन्धी कार्य गर्ने,
(थ) आन्तरिक प्रशासन सम्बन्धी नीति तथा योजनाको तर्जुमा गर्ने/र सोको कार्यान्वयन गर्ने वा गराउने,
(द) विश्वविद्यालयको _ सम्पत्तिको व्यवस्थापन, संरक्षण र सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
(ध) विश्वविद्यालयको. आय-व्ययको अनुमान तयार गर्ने वा गराउने,
(न) स्कूल, - अनुसन्धान केन्द्र लगायतका विश्वविद्यालय अन्तर्गतका सबै निकायको निरीक्षण गर्ने र प्रशासन तथा व्यवस्थापन कार्यमा कुनै त्रुटि देखिएमा सुधार गर्ने,
(प) विश्वविद्यालयद्वारा सञ्चालन गरिने परीक्षाको रेखदेख, नियन्त्रण र व्यवस्थापन गर्ने, र
(फ) कार्यकारी परिषद् तथा उपकुलपतिको निर्देशन बमोजिम अन्य कार्य गर्ने।
(२) उपदफा (१) बमोजिम रजिष्ट्रारले कार्यसम्पादन गर्दा उपकुलपतिको सामान्य नियन्त्रण र निर्देशनमा रही सम्पादन गर्नु पर्नेछ।